पर्यटन

चिनाउने हैन त आफ्नो गाउँठाउँ ?

51161366_255615122001094_8454033150920622080_n

पर्यटनसम्बद्ध भिडियो डकुमेन्ट्री निर्माणमा रुची राख्नेहरुका लागि वि विल राईज फाउण्डेसनले आकर्षक प्लेटफर्म जुराईदिएको छ । फाउण्डेसनले आफ्नो गाउँठाउँको पर्यटकीय संभावनायुक्त विषयवस्तुको माध्यमबाट पर्यटन प्रबद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिता कार्यक्रम लिएर आएको छ । प्रतियोगितामा व्यवसायीक डकुमेन्ट्री मेकरसँगै नयाँले पनि सहभागि हुन पाउनेछन् । आयोजक वि विल राईज फाउण्डेसनले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुगोस् भन्ने अभिप्रायले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज कार्यक्रम घोषण गरिएको जानकारी दियो । फाउण्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठका अनुसार निर्माताहरुले कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कलासम्बन्धी कुनै ...

Read More »

माघी महोत्सवले पश्चिम तराईका थारु बस्तीमा माघीको रौनक (फोटो फिचर)

IMG_3026

[थारु गोचाली समाजले फत्तेपुरमा आयोजना गरेको माघी महोत्सव उद्घाटन कार्यक्रममा सहभागी थारु अगुवाले संस्कृति, संस्कार, भेषभुषा, रितिरिवाज जिवित रहेमात्र थारु समुदायको पहिचान रहने बताए । महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले संस्कृति, भेषभुषा र रितिरिवाज नभएको समुदायको कुनै अर्थ नरहने बताए । उनले रितिरिवाज, संस्कार, परम्परा, भेषभुषा समुदायको गहना भएको बताउँदै उनले समाजलाई सिंगार्ने काम समुुदायको भेषभुषा र संस्कृतिले गर्ने धारणा राखे । ‘भेषभुषा र संस्कृति नभएको समुदाय पानी बिनाको नदी जस्तै हो,’ उनले भने । उद्घाटन समारोहमा कौशल्या मेमोरियल अस्पताल कोहलपुरका प्रवन्ध निर्देशक चन्द्रबहादुर महतोले संस्कृतिले नै समुदायको पहिचान र अस्तित्व जोगाउने भएकोले सवैले आ–आफ्नो ठाउँबाट संस्कृति संरक्षणमा लाग्नु ...

Read More »

दैलेखमा कर्णाली चिनाउने फोटो प्रदर्शनी हुँदै

44825729_1006574816217331_5121863562653859840_n

कर्णाली प्रदेशको विविधतायुक्त समग्रता बखान गर्ने फोटोहरु भोलि दैलेखमा प्रदर्शनी हुने भएको छ । दुल्लु नगरपालिका, नारायण नगरपालिका, गुराँस गाउँपालिका र दैलेख उद्योग वाणिज्य संघसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय दैलेखले फोटो प्रदर्शनीको आयोजना गर्न लागेको हो । प्रदर्शनी प्रशासन कार्यालयको प्राङ्गणमा हुने छ । जहाँ पत्रकार भरतबन्धु थापाले क्यमेरामा कैद गरेका कर्णाली प्रदेशका ६० वटा फोटोहरु समाविष्ट गरिँदैछ । फोटो प्रदर्शनीको संघीय सांसद रविन्द्रराज शर्माले गर्ने तय भएको आयोजकको भनाई छ ।

Read More »

कर्णाली प्रदेश झल्काउने फोटो प्रदर्शनीमा

photo pradarsani surkhet 1

भाषा कला, साहित्य, ऐतिहासीक, मनोरम दृश्य, ताल, हिमाल तथा जैविक विविधताले भरीपुर्ण कर्णाली प्रदेश झल्काउने तस्विरहरु सुर्खेतमा प्रदर्शनी गरिएको छ । पत्रकार भरतबन्धु थापाले क्यामेरामा कैद गरेका तस्विरहरु सुर्खेत लाईन्स कल्ब ईन्टरनेशनल डिस्टीक ३२५ वि २ को आयोजनामा प्रदर्शनी भएको हो । पत्रकार थापाले ९ बर्ष लगाएर खिचेका कर्णाली प्रदेशका जिल्लाहरुको तस्विर प्रर्दशनी गरिएको हो । प्रर्दशनीमा प्रदेशका १० जिल्ला ५५ वटा तस्विर छन् । प्रर्दशनीमा विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मानव वस्ती द्यो, नेपालको सबैभन्दा ठुलो ताल राराताल, नेपालको सबैभन्दा गहिरो ताल फोकसुण्डो ताल, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दैलेखको दामुपालको अभिलेख, नेपाली भाषाको उद्गम थलो जुम्ला, नेपालको सबै ...

Read More »

‘जाउँ है पोखरा’

20180326_105146

पश्चिमाञ्चल होटल संघले यस क्षेत्रका पर्यटकका साथै सीमावर्ती भारतीय सहरका पर्यटकहरुलाई समेत पोखरा भित्र्याउन पहलकदमी लिएको छ । यताका पर्यटकहरुलाई उता लैजाने र उताका पर्यटकहरुलाई यता ल्याउने उद्देश्यसहित संघले सोमबार नेपालगन्जका पर्यटनसम्बद्ध व्यक्ति तथा संचारकर्मीहरुसँग छलफल गरेको छ । आन्तरिक पर्यटन प्रबद्र्धन अभियान संचालन गरिरहेको पश्चिमाञ्चल होटल संघ पोखराले धनगढी र महेन्द्रनगरमा पनि छलफल गर्दैछ । नयाँ बर्षको अवसरमा चैत्र २८ गतेदेखि २ गतेसम्म पोखरामा आयोजना हुने फेवा नयाँ बर्ष महोत्सवमा यस क्षेत्रका आन्तरिक पर्यटकहरुको सहभागिता होस् भन्ने उद्देश्यले पनि आफूहरु यहाँ आईपुगेको संघका अध्यक्ष विकल तुलाचनले बताए । ‘एक–अर्को क्षेत्रका पर्यटकहरु आदान–प्रदान गर्न पनि सहयोग पुगोस् र समग्र देशकै ...

Read More »

बाघ दिवसमा फोटो प्रदर्शनी

photo pradarsani

बाघ दिवसको अवसरमा नेपालगन्जमा दुई दिने ‘नेपाल वाइल्ड लाइफ एण्ड नेचर’ फोटो प्रदर्शनी गरिएको छ । होटल किचन हटको हलमा आजदेखि शुरु भएको प्रदर्शनीमा १ सय ५ भन्दा वढी फोटो राखिएका छन् । अन्तरालको आयोजना र व्यवस्थापनमा जारी प्रदर्शनीको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डक्टर धवल शमशेर राणाले रिवन काटेर उदघाटन गरे । मेयर राणाले प्रदर्शनीले प्रकृति र वन्य जन्तुबीचको सम्वन्धलाई थप प्रष्ट पारेको भन्दै यसको निरन्तरतामा जोड दिए । बर्तमानमा सामान्य लाग्ने चित्र भोलिको इतिहास र अनुसन्धानको पाटो बन्ने भन्ने भन्दै राणाले बातावरण तथा वन्य जन्तु संरक्षण र सम्वद्र्धनले पयर्टन प्रवद्र्धन र आयश्रोत वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उपमेयर ...

Read More »

बुद्ध एयरको लापरवाही : काठमाडौं–नेपालगन्ज उडानका यात्री किन भए त आक्रोशित ?

फाईल फोटो

अन्तर्राष्ट्रिय उडानहरुमा यात्रीहरुको लगेज विर्सिएका घटनाहरु त हामीले समय–समयमा सुन्दै आएका थियौं । तर यस्तो रोग अब नेपालका आन्तरिक उडानहरुमा पनि देखिन थालेको छ । शुक्रबार बुद्ध एयरको जहाजले यस्तै गरेको छ । बुद्ध एयरको दोस्रो फ्लाईटमा काठमाडौंबाट नेपालगन्ज हिँडेका यात्रीहरु त आईपुगे तर लगेज भने आएन । यात्रीहरु लाईनमा बसेको धेरै बेरसम्म लगेज नआएपछि केहीबेर एयरपोर्टमा हल्लीखल्ली मच्चिएको थियो । पछि सोधपुछ गर्दा यात्रीहरुको लगेज त जहाजले काठमाडौंबाट नै नल्याएर आएको थाहा भयो । आफ्ना लगेजहरु नआएपछि यात्रीहरु बुद्ध एयरका कर्मचारीहरुमाथि खनिएका थिए । ‘बुद्ध एयर जस्तो गुडविल भएको भनिएको संस्थाले यस्तो लापरवाही गर्छ भन्ने हामीलाई लागेकै थिएन । ...

Read More »

नेपालगन्ज–काठमाडौं रुटमा जहाज थपिँदै: हवाई यात्रा सहज र सुलभ हुने अपेक्षा

saurya

सिमित उडान हुँदा हिंजोआज यात्रीहरुले चाहेर पनि हवाईमार्गबाट नेपालगन्ज–काठमाडौं÷ काठमाडौं–नेपालगन्ज उडान भर्न नपाईरहेको अवस्था छ । यो रुटमा यात्रा गर्न जहाजको टिकट पाईहाले पनि महंगो शुल्क तिर्नुपर्ने बाध्यता छ । जसलाई दृष्टिगत गरी चाँडै नै यो रुटमा दुई वटा एयरलाईन्स कम्पनीले उडान थप्ने भएका छन् । नेपालगन्ज–काठमाडौं रुटमा चाँडै नै सौर्य एयरलाईन्सले थप उडान गर्ने भएको छ भने श्री एयरलाईन्सले पनि नयाँ जहाज संचालनमा ल्याउँदैछ । सौर्य एयरलाईन्सले हप्ता दिनभित्रै नयाँ उडान थप्ने तयारी गरेको छ । सौर्य एयरलाईन्सका स्टेसन म्यानेजर भोजराज शाहीका अनुसार यात्रीहरुको चापलाई मध्यनजर गरेर नेपालगन्ज–काठमाडौं रुटमा अर्को फ्लाईट थप्न लागिएको हो । अहिले सौर्य एयरलाईन्सले प्रत्येक ...

Read More »

कल्पतरुमा देशविदेशका कलाकारहरुको जमघट ( फोटो फिचर)

गायक एड्रिन प्रधान

नयाँ बर्ष २०७४ को स्वागतार्थ होटल कल्पतरुले चैत्र ३१ गते आयोजना गरेको न्यू ईयर ईभ कार्यक्रमका केही दृश्यहरु ।       तस्बिरहरु : विजय श्रेष्ठ/अवध पोस्ट्

Read More »

नेपालगन्जमा सिख युवाद्वारा लोभलाग्दो युद्धकौशल प्रदर्शन ( फोटो फिचर)

11

सिख समुदायले मनाउने खालसा साजना दिवस तथा वैशाखी पर्व नेपालगन्जका सिख समुदालयले पनि विविध कार्यक्रम गरी मनाएका छन् । आईतबार धार्मिक ¥याली निकाल्नुका साथै गुरुद्वारामा धार्मिक प्रबचनको आयोजना गरियो । त्यस्तै सिख समुदायका युवाहरुले गुरुद्वारा नजिकै युद्धकौशल प्रदर्शन गरे । तस्विरहरु : अवध पोस्ट्

Read More »