भिडियो

त्रिभुवन चोकमा बबाल, १० मिनेसम्म पनि प्रहरी पुगेन ! (भिडियोसहित)

20190208_182036

बाँके प्रहरीले जिल्लाको कुनै पनि ठाउँमा घटना भएको ५ मिनेटभित्रै प्रहरी पुग्ने गरी सुरक्षा व्यवस्था मिलाएको दाबी गर्ने गरेको छ । तर, शुक्रबार साँझ नेपालगन्जको व्यस्त बजार त्रिभुवन चोकमा भएको एउटा घटनाले भने बाँके प्रहरीको यो दाबीलाई गलत साबित गरिदिएको छ । मुख्य चोकमै सुरक्षाकर्मीको पहुँच यति ढिलो हुन्छ भने अन्य ठाउँमा कस्तो होला ? चौबिसै घण्टा प्रहरी तैनाथी हुने भनिएको त्रिभुवन चोकमा शुक्रबार साँझ करिब ६ बजेर १२ मिनेट जाँदा सामान्य दुर्घटनापछि बबाल भयो । तर, घटना भएको १० मिनेटसम्म त्यहाँ प्रहरी देख्न पाईएन । भएको के थियो भने– मोटरसाईकल चालक टीका बहादुर थापाले १८ बर्षीय किशोरी सना खानलाई ...

Read More »

प्रशासनमा पोखियो बाढीपीडितको आक्रोश (भिडियोसहित)

IMG_20160731_133029

नेपालगन्ज, १६ साउन बाँकेका बाढीपीडितहरुले आज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । बर्षैपिच्छे जसो बाढीले आफुहरुको विच्चली भइरहँदा पनि दिगो समाधानका लागि सरकारले पहल नगरेको भन्दै पीडितहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै सडकमा टायर बालेर केहीबेर चक्काजाम गरेका छन् । घेराउ र धर्नामा सहभागी हुन होलिया, गंगापुर, फत्तेपर, मटेहिया लगायतका गाविसका जनता नेपालगन्ज आइपुगेका हुन् । बाढीपीडितहरु ५ वटा ट्रली र करिब ३० वटा मोटरसाइकलमा आएका थिए । सरकारले पुनःवासको व्यवस्था गरिदिनुपर्ने बाढीपीडितहरुको माग छ ।  

Read More »

आशंकामा अख्तियारको अपरेशन (भिडियो सहित)

नेपालगन्ज । २ लाख ५० हजार रुपैयाँ घूससहित शुक्रवार दिउँसो डेढ बजे पक्राउ परेका भनिएका कृषि अनुसन्धान परिषद् नार्कका कोसेबाली अनुसन्धान प्राविधिक अधिकृत विरेन्द्रकुमार यादवमाथि साह्रै अन्याय भएको प्रत्यक्षदर्शीहरुको भनाई छ । नजिकै खेतमा काम गरिरहेकी सुशीला गोडियाले अवध पोस्टसँग भनिन्, ‘यादवको ज्यान लिने प्रयास भएको थियो । हिलोमा २ जनाले हदैसम्म कूटपीट गरे, नजिकै जेनरेटर चली रहेकोले कराएको आवाज आएन, ’ उनले भनिन्, ‘पछि अख्तियारका कर्मचारी र ठेकेदारले करेन्ट लागेको हल्ला गरे । ’ ‘कुटपिट गरेका कारण यादव बेहोस भएका थिए’ , उनले भनिन्, ‘त्यहाँ मार्ने योजना थियो, केहि बेरपछि अरु मानिसहरु नजिक जान खोजे, उनीहरुलाई तथानाम गाली गलौज ...

Read More »